‘फिल्म साउथ एसिया’मा आठ देशका ७१ फिल्म

काठमाडाैँ- दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव ‘फिल्म साउथ एसिया–२०२२’ बिहीबारदेखि पाटनढोकास्थित यलमाया केन्द्रमा सुरु भएको छ । आइतबारसम्म चल्ने महोत्सवमा आठ देशका ७१ फिल्म प्रदर्शन हुने छन् ।
यसपटक महोत्सवको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहपात्राबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हो । बिहीबार उद्घाटनमा गायिका सोना स्वयम् उपस्थित भएकी थिइन् । उपस्थित दर्शकसँग अन्तक्रिया गर्दै उनले केही गीत समेत सुनाएकी थिइन् ।
‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो । फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने भएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया