फेरि दीपेन्द्रको क्याम्पमा सुरक्षा, ‘के घर के डेरा’मा भित्रिइन् सुरक्षा

काठमाडौँ - निर्देशक दीपेन्द्र के खनालले फेरि एक पटक सुरक्षा पन्तलाई आफ्नो टिममा सामेल गराएका छन् । निर्माता र निर्देशकको रुपमा सुरक्षासँग निरन्तर का मगर्दै आएका दीपेन्द्रले पछिल्लो फिल्म ‘चिसो मान्छे’मा भने लिएका थिएनन् । उनले ‘के घर के डेरा’मा फेरि एक पटक सुरक्षालाई अनुबन्ध गर्दै सहकार्यलाई पाँचौँ फिल्ममा पुर्याउन लागेका हुन् ।
दीपेन्द्रले सबैभन्दा पहिला ‘धनपति’मा सुरक्षालाई खेलाएका थिए । यसपछि उनले निर्माण गरेको ‘घर’मा पनि सुरक्षा मुख्य भूमिकामा थिइन् । यसपछि फेरि उनले निर्देशन गरेको ‘चंगाचेट’मा सुरक्षा अटाएकी थिइन् । यसपछि दीपेन्द्रले निर्देशन गरेको ‘आमा’मा पनि खनालले सुरक्षालाई छुटाएका थिएनन् ।
गत आइतबार मात्रै आमाबाट राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी अभिनेत्री पन्तसँग निर्माण टिमले शुक्रबार ‘के घर के डेरा’का लागि औपचारिक रुपमा लिखित सम्झौता गरेको हो ।
सिनेमामा सुरक्षाको प्रवेशसँगै सिनेमामा चार जना मुख्य कलाकार भएका छन् । सिनेमामा यसअघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की वर्षा राउत र रविन्द्र झा फाइनल भएका थिए । सिनेमा वैशाख २२ गतेबाट छायांकनमा जानेछ । सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको सिनेमालाई यही वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया