बंगलादेशविरुद्धको एकदिवसीय सिरिज न्युजिल्यान्डलाई

काठमाडौँ : बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले जितेको छ । दोस्रो एकदिवसीय क्रिकेटमा ५ विकेटको जित हात पार्दै न्युजिल्यान्डले एक खेल अगावै २-० ले सिरिज आफ्नो पक्षमा पारेको हो ।
मंगलबार क्राइष्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको थियो । उसका लागि कप्तान तमिम इक्वालले ७८ र मोहम्मद मिथुनले नटआउट ७३ रन बनाए ।
न्युजिल्यान्डका मिचेल सान्टनरले दुई विकेट लिए । २७२ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डलाई जिताउन कप्तान टोन लाथमले शतक बनाए । ११० रनको शतकीय इनिङ खेलेका लाथमले १० चौका प्रहार गरे । यस्तै डेभोन कोनवेले ७२ रन बनाए ।
यसअघि पहिलो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्यान्ड विजयी भएको थियो । न्युजिल्यान्ड भ्रमणमा रहेको बंगलादेशले तीन खेलको टी-ट्वान्टी क्रिकेट पनि खेल्नेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया