शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने

काठमाडौं - नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषदको आज बसेको बैठकले यस्ते निर्णय गरेको हो ।
बैठक शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको थियो ।  राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरिएको हो । 

बैठकले क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गर्ने निर्णय गरेको छ । 

बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखेको हो ।   नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।