यी हुन् नेपालले एसियन गेम्सको २३ खेलमा सहभागिता जनाउने आधारहरु

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नेपालले १९ औँ एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने टुङ्गो लगाएको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालले एसियन गेम्समा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, भलिबल महिला, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसतर्फ सहभागिता जनाउने बताए ।
घिसिङले १३ औँ दक्षिण एसियाली खेलकुदको फाइनलसम्म पुगेका, पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेललाई समावेश गरिएको जानकारी गराए ।
उनले महिला भलिबल टिमले सेन्ट्रल जोनमा स्वर्ण पदक हात पारेको, पुरुष क्रिकेट टिम विश्वकप नजिक पुगेको, सुटिङमा ओलम्पिक तर्फ राम्रो प्रदर्शन गरेको तथा जुनियर ब्याडमिन्टनतर्फ खेलाडी विश्व नम्बर एकसम्म पुगेको आधार मानेको समेत जनाए ।
तर दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको फुटबललाई भने समावेश गरिएको छैन् ।
एसियन गेम्समा नेपालबाट अनुमानित १ सय ५० खेलाडी, २८ प्रशिक्षक तथा २० व्यवस्थापक सहभागी हुने सदस्य सचिव घिसिङले बताए । उनले यस पटक अनावश्यक पदाधिकारी सहभागी नहुने समेत जनाए ।
उनले बोर्ड बैठकले एसियन गेम्सको तयारी, खेलाडी छनोट र बन्द प्रशिक्षण प्रक्रिया तत्काल अघि बढाउने निर्णय भएको तथा यसका बजेटको अभाव नहुने दावी गरे ।
उनले एसियन गेम्सका लागि खेलाडी छनोट गरी मे पहिलो सातासम्म दर्ताका लागि पठाइने समेत उल्लेख गरे ।
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

प्रतिक्रिया