दाङमा ८५ जनप्रतिनिधिले दिए राजीनामा

दाङ - दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजनीमा दिनुपर्ने व्यवस्था गरेको छ ।
सोहि व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाअध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।
तुलसीपुरमा शुक्रबारसम्म १० वडा अध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्य, गढवाका वडा अध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया