कांग्रेस सिन्धुपाल्चोकले गर्यो तीन नगरपालिकाको उम्मेदवारको सिफारिस

काठमाडौँ - नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनका लागि १२ स्थानीय तहमध्ये सिन्धुपाल्चोकका तीन वटा नगरपालिकाको उम्मेदवारको सिफारिस प्रदेशमा गरेको छ ।
आज बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तहहरुबाट आएको नामबाट छानेर तीन नगरपालिकाका उम्मेदवारहरुको सिफारिस प्रदेशमा गरेको हो ।
जसअन्तर्गत मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको हो ।
जिल्ला कार्यसमितिले नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिबाट आएका नामबाट छानेर प्रदेश समितिमा नाम पठाएको हो ।
कांग्रेसको विधानमा नगरपालिकाको उम्मेदवारको टुंगो प्रदेश कार्यसमितिले लगाउने व्यवस्था छ । नगर समितिले पठाएको आकांक्षीहका नामबाट प्रदेशले नगरपालिकाको मेयर र उपमेयर छान्ने विधानत व्यवस्था छ । तर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सिफारिस पनि प्रदेशले हेर्ने गरेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया