बागमती प्रदेश संयन्त्रले टुङ्ग्यायो दोलखा जिल्लाको भागबण्डा, कुन पालिका कसलाई ?

काठमाडौँ - बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनले दोलखा जिल्लाका नगरपालिका र गाउँपालिकाको उम्मेदवारहरू टुंगो लगाएको छ ।
आज बसेको प्रदेश संयन्त्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुको टुंगो लगाएको हो ।
दोलखामा नौ स्थानीय तहमध्ये जिरी नगरपालिकाको प्रमुख कांग्रेसले पाएको छ भने उपप्रमुख नेकपा माओवादी केन्द्रले पाएको छ ।
यस्तै, कालिन्चोक गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, गौरीशंकर गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष नेपाली कांग्रेस, तामाकोशी गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बैतेश्वर गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, शैलुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस, मेलुङ गाउँपालिका अध्यक्ष एकीककृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बिगु गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस र भिमेश्वर नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।
यसैगरी पाँचदलीय संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ भने उप-प्रमुख एकीकृत समाजवादीलाई दिने भएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया