पुनः उम्मेदवारका लागि लमजुङमा जनप्रतिनिधिले दिए राजीनामा

लमजुङ- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छ्न् । लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका हुन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएका छ्न । उनी पुन: एमालेबाट वडाध्यक्षमा उठने भएका छ्न् ।
बिहीबार लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेम बहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छ्न् । यस्तै बेसिसहर नगरपालिका ३ का वडासदस्य श्रीकान्त घिमिरेले पनि वडासदस्य पदबाट राजीनामा दिएका छ्न् ।
उनले बेशिसहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको हुन । उनीहरु दुबै जना नेपाली काग्रेसबाट उम्मेदवारी दिन लागेका हुन । ११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।
जिल्लामा ७५ वटा वडा छन् । त्यसैगरी जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया