धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा कांग्रेसबाट नृपबहादुर वड सिफारिस

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वड नै सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेसँगै वडको सम्भावना बलियो रहेको थियो ।
शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको एक नेताले बताए ।
उनले मेयरका आकांक्षी कृष्ण बहादुर महरलाई भने प्रदेश सभाका लागि टिकट दिने सहमति भएको बताए । वडले इकाजसँग कुरा गर्दै भने, 'पार्टीले पुन: अर्को कार्याकालको लागि आफूलाई धनगढी उपमहानगरपालिकाको मेयरका लागि फाइनल गरेको हो ।'
काठमाडौमा रहेका वडले टिकट फाइनल भएसँगै आजै धनगढी पुगेर राजीनामा दिने बताए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए । उनले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया