रुपन्देहीमा खुल्यो लुम्बिनी वर्ल्ड स्कूल

भैरहवा – रुपन्देहीमा खुलेको लुम्बिनी वर्ल्ड स्कुल सन्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सन्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ठ स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सन्चालनमा आउन लागेको हो ।
रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए ।
पहिलो बर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । २० जना मात्रै विद्यार्थी राखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आइटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा संचालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।
साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केटल बल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगश घिमिरेले जानकारी दिए ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया