जसपाले छान्यो धनगढीको मेयर र उपमेयरका उम्मेदवार

कैलाली- कैलालीमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
पाँच दलीय गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रीत दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको छ ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जसपाले अगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ऐर र रानाथारुलाई उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिएको छ । जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ । जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्नेछ ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया