थप १८ जनामा काेभिड सङ्क्रमण पुष्टि

काठडाैँ – देशभर पछिल्लो २४ घण्टामा १८ जनामा काेभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा काेभिड सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७३२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ ।
पछिल्लो समय थप १७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ४८ हजार ७८० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ रहेको छ । अहिले होम आइसोलेसनमा २८१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा दुई जना रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया