कोलकातामाथि गुजरातको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ ।
गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।
कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे ।
गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए ।
यसअघि मुम्बईमा टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पार्यो ।
गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए । यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे ।
जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौं स्थानमा छ ।
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

प्रतिक्रिया