आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौँ- सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ ।
लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए ।
महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया