कञ्चनपुरमा आंशिक निषेधाज्ञा, बैतडीमा होली खेल्न रोक

धनगढी : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र सीमा जिल्ला कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो ।
मङ्गलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले विभिन्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आदेश गरिएको छ ।
गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने छ । अन्य नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द हुने आदेशमा उल्लेख छ । त्यसैगरी अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरूको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र मापदण्डको पूर्ण पालना गरी गर्न पाउने भनिएको छ ।सबै व्यक्तिहरूले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेलगायतका आदेश जारी गरिएको छ । आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ ।
यस्तै बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो । यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ ।
भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया