कांग्रेसले छान्न सकेन महानगर र उपमहानगरका उम्मेदवार, गएरातिको बैठक पनि निष्कर्षविहीन
देउवालाई शेखरको प्रश्न - भरतपुर र पाेखरा अरु पार्टीलाई दिँदा छलफल गर्ने, विराटनगरकाे विषयमा किन छलफल नगरेकाे ?

काठमाडौं - नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्न गएराति बसेको बैठक पनि निष्कर्षविहीन भएको छ । काठमाडौँ महानगरमा सिर्जना सिंहलाई उठाउने सैद्धान्तिक सहमति गरेकाे काँग्रेसले ललितपुर र विराटनगर महानगरकाे उम्मेदवार छान्न सकेको छैन ।
काँग्रेस नेता शेखर काेइरालाले भरतपुर र पाेखरा महानगरकाे उम्मेदवार छान्दा जिल्ला सभापति, नगर सभापति र जिल्लाका शीर्ष नेताहरूसँग छलफल गरे पनि विराटनगरकाे सवालमा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय आवश्यकता नहेरेकाे आराेप लगाए ।
बैठकमा सहभागी एक नेताका अनुसार शेखरले 'भरतपुर र पाेखरका नेताहरूलाई बाेलाएर जसरी पार्टी सभापतिले परामर्श गर्नुभयाे, विराटनगरमा किन त्यस्ताे नगरेकाे' भन्दै प्रश्न गरेको बताए । 'अरुलाई जिताउनका लागि परामर्श गर्नेले आफ्नै पार्टीका उम्मेदवार छान्न परामर्श गर्नुपर्दैन ?' शेखरले भनेकाे ती नेताले बताए ।
भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्दा त्यहाँका जिल्ला सभापति राजेश्वर खनाललगायत नेतालाई काठमाडौं बाेलाएर देउवाले परामर्श गरेका थिए । त्यस्तै पाेखरा महानगर समाजवादी लाई दिने भएपछि पनि कास्की सभापति किशाेरदत बराललाई बालुवाटार बाेलाएर देउवाले छलफल गरेका थिए।
विराटनगरबारे उम्मेदवार छान्दा जिल्ला सभापति डिग बहादुर लिम्बूलाई सभापति देउवाले एक कल फाेन समेत गरेका छैनन् । विराटनगर महानगरमा देउवाले अमृत अर्याललाई उमेदवार बनाउन चाहेका छन् ।
उनी २०५४ मा मेयरमा पराजित भएका थिए । शेखरले भने माेरङका पार्टी उपसभापति नागेश काेइरालालाई उम्मेदवार बनाउन चाहेका छन् । यता, कृष्ण प्रसाद सिटौला भने हालका मेयर भीम पराजुलीलाई दाेहाेर्याउन चाहन्छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया