मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

एमालेले पुन: टिकट नदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी छोडे

काठमाडौँ - गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी छोडेका छन् ।  बैशाख ३० गते हुने स्थानीय त निर्वाचनमा पार्टीले टिकट नदिएपपछि उनले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थिए । अहिले एमालेले मेघनाध पौडेललाई उम्मेदवार बनाएको छ ।