एमालेले मनाङमा उम्मेदवार टुंग्यायो

लमजुङ- नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो ।
एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्याउने भएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् ।
चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन् ।
यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ । मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया