गोरखामा केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक

गोरखा - केन्द्रले टुंग्याएर पठाएको भागबण्डालाई स्वीकार गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न गोरखामा नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको जिल्लास्तरीय संयन्त्रले भागबण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले शनिबार हिजो साँझ बैठक बसेर निर्देशनात्मक भागबण्डा गरेर पठाएका थिए ।
शनिबार आठौं पटक बसेको जिल्लास्तरीय संयन्त्रको बैठकले भागबण्डा मिलाउन नसकेपछि केन्द्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गाेरखामा भागबण्डा मिलाएका गिए ।
केन्द्रीय नेताले गाेरखामा कांग्रेसलाई एक नगरपालिकासहित पाँच, माओवादीलाई चार र जसपालाई एक नगरपालिकासहित दुई पालिका प्रमुखमा उम्मेदवारकाे भागबण्डाकाे निर्णय गरेका थिए ।
तर, केन्द्रले निर्णय गरेर पठाएको भागबण्डालाई स्वीकार गरेर जाने या नजाने भन्ने विषयमा छलफल गर्न गोरखामा संयन्त्रका प्रमुख दल नेपाली कांग्रेसले बिहान आकस्मिक बैठक बोलाएको छ ।
‘केन्द्रको निर्णय मान्ने या नमान्ने भन्ने विषयमा छलफल गरेर निर्णय गर्न बैठक बस्न लागेको हो । जिल्लामा अहिलेसम्म अधिकांश नेताको चाहना केन्द्रको हस्तक्षेप स्वीकार नगर्ने भन्ने नै छ । केन्द्रीय निर्देशनविपरीत जाने निर्णय हुनसक्ने सम्भावना उच्च छ’, कांग्रेसका एक नेताले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया