हुम्लामा गठबन्धनले यसरी गर्यो भागवण्डा

सुर्खेत- सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ ।
ताजाकोट,चंखेली,सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षको भाग पाएको छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।
अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्ने देखिएको छ।
खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षको चुनाव लड्ने भएका छन् ।
सिमकोट गाउँपालिकामा विजय भणडारीलाई उम्मेदवार बनाउन खाेजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया