बेटिसलाई कोपा डेल रेको उपाधि

काठमाडौँ – रियल बेटिसले कोपा डेल रे फुटबलको उपाधि जितेको छ । भ्यालेन्सियालाई पेनाल्टीमा पराजित गर्दै बेटिसले २००५ पछि पहिलो पटक कोपा डेल रे को उपाधि हात पारेको हो ।
निर्धारित तथा अतिरिक्त समयमा दुबै टोली १-१ को बराबरीमा रोकिएपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट निर्धारण गरिएको थियो । बोर्जा इगलेसियासले खेलको ११ औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए । तर भ्यालेन्सियाका ह्युरो ड्युरोले ३० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
पेनाल्टीमा बेटिसका ५ खेलाडीले गोल गर्दा भ्यालेन्सियाका ४ खेलाडीले मात्र गोल गर्न सके । भ्यालेन्सियाका युनुस मुसाहले गोल गर्न नसक्दा बेटिसका जुआन मिरान्डाले विजयी गोल गरेका थिए ।
बेटिसका लागि यो चौथो मुख्य उपाधि हो । यस अघि उसले सन् १९३४-३५ मा ला लिगा र सन् १९७७ र २००५ मा स्पेनिस कपको उपाधि हात पारेको थियो । सन् २०१० पछि पहिलो पटक कोपा डेल रे को फाइनलमा बार्सिलोना वा रियल म्याड्रिड रहेका थिएनन ।
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

प्रतिक्रिया