शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

बुन्डेस लिगामा बायर्न म्युनिखको एकछत्र राज, लगातार १०औं उपाधि

काठमाडौँ – जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले आफ्नो एकछत्र राजलाई निरन्तरता दिन सफल भएको छ । म्युनिखले लगातार १०औं पटक लिगको उपाधि जितेको हो ।

उपाधि जित्न म्युनिखले शनिबार राती बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्‍यो । म्युनिखको जितमा सर्ज नावरी, रोबर्ट लेवान्डोस्की र जमाल मुसियालाले एक-एक गोल गरे । कानले डर्टमण्डका लागि एक गोल फर्काए ।

जारी लिगमा म्युनिखको यो लगातार नवौं अपराजित नतिजा हो । उसले ३१ खेलमा केवल चार पराजय भोगेको छ ।