तीन महिनाभित्र १० घरेलु फुटबल प्रतियोगिता हुने
काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत, बैशाख र जेठमा देशभर आयोजना हुने प्रतियोगिताहरूको तालिका सार्वजनिक गरेको छ । एन्फाले निकालेको सूची अनुसार चैत १७ देखि जेठ ५ सम्म कुल १० प्रतियोगिता सञ्चालन हुनेछ ।
एन्फाको क्यालेन्डर अनुसार आगामी चैत १७ देखि २८ सम्म पोखरामा आहा रारा गोल्डकप आयोजना हुनेछ भने सोही महिनाको २१ गतेबाट राजर्षी जनक गोल्डकप र पाँचौँ अन्तराष्ट्रिय भरोल प्रतियोगित सुरु हुनेछ ।
त्यसैगरी विराटनगरको विराट गोल्डकप चैत २६ देखि सुरु हुनेछ भने त्यसको एक दिनपछि महात्मा बुद्व गोल्डकप र बागेश्वरी गोल्कप सुरु हुनेछन् । चैत ३० देखि बैशाख ८ सम्म सिमरा गोल्डकप आयोजना हुने तालिका रहेको छ भने नयाँ वर्षको सुरुवात मदन भण्डारी गोल्डकपबाट हुनेछ । इटहरीमा हुने सो प्रतियोगिता बैशाख २ देखि ९ सम्म खेलाइनेछ ।
त्यस्तै, बैशाख २६ देखि जेठ ५ सम्म डाँगिहाट गोल्डकप हुनेछ । डाँगिहाट गोल्डकप सकिएको एक दिनपछि बेलबारीमा बेलबारी अन्तराष्ट्रिय प्रतियोगिता सुरु हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया