सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्मेद्वार पौडेलको भिडियो भाइरल

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।
एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले भाइरल बनाइएको छ । उक्त भिडियो उनकै हो भन्नेबारे शंकास्पद छ । कतिपयले यसलाई चुनावी फण्डा भनेका छन् । तर उनलाई फोन गर्दा सम्पर्क हुन सकेको छैन । 'मैले पनि फेसबुकमा मात्र आएपछि थाहा पाएँ । यो भिडियो हो कि होइन् भनेर भेरिफाइ हुन बाँकी छ' एमाले महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले इकागज भने 'उहाँसँग पनि सम्पर्क हुन सकेको छैन ।' भिडियो हो कि होइन भन्नेबारे अहिले केही पनि जानकारी नभएको न्यौपानेले बताए ।
केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको टिकाटिप्पणी पोखरामा चलेको थियो । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।
उनकाे सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ । यसबारेमा बुझ्न खोज्दा पौडेल सम्पर्कमा आएनन् ।

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया