चौताराको मेयरमा स्वतन्त्रबाट कुमार श्रेष्ठको पनि उम्मेदवारी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा थप एक जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् । चौतारा बजारका युवा कुमार श्रेष्ठले आज उम्मेदवारी दिएका हुन् ।
कुमार चाैतारा बजारमा सामािजक अभियन्ता हुन् । उनको प्रस्तावक रबिन श्रेष्ठ र समर्थक हरिकृष्ण श्रेष्ठ रहेका छन् ।
यसअघि स्वतन्त्राट मेयर पदमा स्वतन्त्र तर्फबाट यमबहादुर भारतीले मनोनयन दर्ता गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले आज र भोलि मनोनयन गर्ने दिन छुट्याएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा गठबन्धनबीच अझै निष्कर्ष भइसकेको छैन भने एमालेले आफ्नो उम्मेदवार तय गरिसकेको छ ।
यो नगरमा यसअघि माओवादी केन्द्रका अमानसिं तामाङ विजयी भएका थिए ।
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु भएको हो ।
देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा यस पटक दुई दिनको दिन छुट्टाइएको हो ।
कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगको भनाई छ । त्यस्तै वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया