के कांग्रेसले आजै टुंग्याउला उम्मेदवार ?

काठमाडौं–नेपाली काँग्रेसको भागमा परेका महानगरमा उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यलय सानेपामा सुरु भएको छ । आजको बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउने छ ।
काठमाडौं महानगरपालिकामा सिर्जना सिंह उम्मेदवार पक्का भएपनि समितिबाट अनुमोदन भने हुन बाँकी छ । सत्ता गठबन्धनको भागबण्डामा कांग्रेसले पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफल चलेपनि निर्णय भने हुने सकेको थिएन। भोली उम्मेदवारी दर्ता गराउने अन्तिम दिन भएकाले आजको वैठकले उम्मेदवार टुंग्याउनुपर्ने छ ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया