मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

उम्मेद्वार छनोट गर्न कांग्रेस सम्पादन समिति असफल, संसदीय समिति गठन

काठमाडौं– लामाे समयदेखिकाे आन्तरिक छलफलपछि पनि स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनाेट गर्न सकेन । पटकपटक बसेकाे कांग्रेस सम्पादन समितिकाे बैठकले उम्मेदवारकाे टुंगाे लगाउन नसकेकाे हाे ।

सहमति नहुँदा उम्मेदवार छनाेट गर्न सम्पादन समिति असफल रह्याे । जसकारण उम्मेद्वार छनाेटका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । 

समितिमा पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सहित १४ जना छन् । कांग्रेस विधानमा भने २५ जनाको संसदीय समिति हुने प्रावधान छ । अब महानगरपालिकाको उम्मेदवार संसदीय समितिले टुंग्याउने छ ।