हालान्ड र एमबाप्पेका विकल्प ह्यारी केन
काठमाडौँ: टोटनहमका इंग्लिस स्ट्राइकर हयारी केन बारम्बार रियल म्याड्रिडसँग जोडिँदै आएका खेलाडी हुन् । स्पेनी सञ्चार माध्यमले केन आउँदो सरुवा बजारमा रियलतर्फ स्थान्तरण हुनसक्ने बताएका छन् । क्रिस्टियानो रोनाल्डोको अनुपस्थिती र करिम बेन्जेमाको बढ्दो उमेरका कारण स्पेनी क्लब नयाँ स्ट्राइकरको खोजीमा छ । भरपर्दो गोल स्रोतको खोजीमा रहेका त्यसकारण प्रशिक्षक जिनेदिन जिदानले खरिद गर्न सकिने स्ट्राइकरहरूको सूची बनाइरहेका छन् ।
रियलको नजर एर्लिङ हालान्ड र किलियान एमबाप्पेमाथि पनि नभएको होइन । तर ती दुई खेलाडी भन्दा केनलाई अनुबन्ध गर्न सजिलो हुने भएकाले रियलको लक्ष्य केनलाई भित्र्याउने रहेको स्पेनी अखबार एएसले रेडियो काडेना सारलाई उदृत गर्दै लेखेको छ । २७ वर्षिय स्ट्राइकर केन टोटनहमका मुख्य खेलाडी हुन् । उनले टोनहमका लागि आठ सिजनमा तीन सय ७७ खेल खेल्दै दुई सय १५ गोल गरेका छन् । केनले लन्डन टिमसँग सन् २०२४ को जुनसम्म रहने सम्झौता गरेका छन् ।
तर यदि उनले टोटनहम छाड्ने घोषणा गरे, क्लब मालिक डानियल लेभीले रोक्ने प्रयास नगर्ने अनुमान गरिएको छ । केनले टोटनहमका लागि गरेको योगदानका आधारमा पनि उनलाई अर्को ठूलो युरोपियन क्लब जान नरोकिने बताइएको छ ।
उसै पनि टोटनहम र रियलको सम्बन्ध राम्रो रहेको छ । सर्जियोे रेगुइलोन र ग्यारेथ बेल जस्ता खेलाडीलाई टोटनहम जान दिएर रियलले लनडन क्लबसँग राम्रो सम्बन्ध बनाएको हो । त्यसकारण पनि दुई क्लबबीच केनका विषयमा सहमती निस्के अचम्म पार्नु अवस्था हुँदैन ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया