चितवनमा पनि मिल्यो भागबन्डा, कहाँ कसलाई ?

काठमाडौँ - चितवन जिल्लामा सत्ता गठबन्धनबीच स्थानीय चुनावका लागि भागबन्डा मिलेको छ । चितवनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डा मिलेको हो ।
चितवनको सात स्थानीयतहमध्ये रत्ननगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुख नेकपा एसले पाएको छ । खैरहनी नगरपालिका प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।
त्यस्तै राप्ती नगरपालिका प्रमुख नेकपा एस र उपप्रमुख कांग्रेसले पाएको छ । माडी नगरपालिका प्रमुखमाओवादी केन्द्र र उपप्रमुख कांग्रेस, कालिका महानगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्र र इच्छाकामना गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाधयक्ष माओवादी केन्द्रले पाएको छ ।
यता भरतपुर महानगरपालिका प्रमुख भने माओवादी केन्द्र र उपप्रमुख कांग्रेसले यसअघि नै पाइसकेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया