रोशी गाउँपालिकाको वडा अध्यक्षमा कांग्रेस नेता लामाको स्वतन्त्र उम्मेदवारी

काभ्रे - रोशी गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश (ख) का कोषाध्यक्ष चन्द्रबहादुर लामाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश प्रतिनिधिसमेत रहेका लामा यस अघि स्थानीय तहको चुनावमा सोही वडाबाट चार मतले राप्रपाका वडा अध्यक्ष धनजित लामासँग पराजित भएका थिए ।
लामाले आफुलाई जिल्लामा फरक टिमको भन्दै कांग्रेस जिल्ला सभापति तीर्थ लामा, गशेण लामा, दावा लामासहितले टिकट दिनबाट रोकेको बताए ।
तरुण दल बागमती प्रदेश सदस्यसमेत रहेका लामाले जनताको जनमतको कदर नगरी पूर्वग्राही ढंगबाट प्यानल हेरेर टिकट वितरण गरेपछि यसको विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
पार्टीमा पुँजीपति हावी हुनुका साथै गुटलाई प्रोत्साहन गरी क्रियाशिल कार्यकर्तालाई पन्छाउने तत्वहरु हावी भएकोले जनताको इच्छा बमोजिम उम्मेदवारी घोषणा गरेको लामाले बताए ।
जिल्लामा तीर्थ लामा समूहले नेपाली कांग्रेसमा क्रियाशिल रहेको आधार भन्दा पनि आफु निकट रहेका व्यक्तिहरुलाई स्थानीय तहको निर्वाचनको उम्मेदवार बनाउने गरको उनको आरोप छ ।
लामाले भोलि भोलि (सोमबार) स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्ने बताएका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया