सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

नमोबुद्ध नगर सभापतिले कुटे पत्रकार

काठमाडौँ - काभ्रेपलाञ्चोकको कांग्रेस नमोबुद्ध नगरपालिकाका सभापति कुन्साङ लामाले पत्रकार कुटेका छन् । उनले पत्रकार रोशन पाण्डेलाई कुटपिट गरेका हुन् । पाण्डे अनलाइन न्यूज सेभेनका अध्यक्ष हुन् । 

कुन्साङ र रोशन दुवै नगरपालिकाको मेयरका दाबेदार हुन् । मेयरको टिकटको विषयमा छलफल हुँदा कुन्साङले रोशनमाथि हातपात गरेका थिए ।  रोशनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।