सिन्धुलीमा कांग्रेस र माओवादी गठबन्धन

काठमाडौँ - सत्ता गठबन्धन दलले सिन्धुलीमा पनि भागबन्डा मिलाएका छन् । आज बसेको सत्ता गठबन्धनको पदेश संयन्त्रको बैठकले सिन्धुलीमा भागबन्डा मिलाएका हुन् ।
नौ स्थानीय तह रहेको सिन्धुलीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । कमलामाई नगरपालिका प्रमुखमा नेपाली कांगेस र उपप्रमुखमा माओवादी केन्द्रले भाग पाएका छन् । यस्तै, दुधौली नगरपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेस, गोलन्जोर गाउँपालिकामा अध्यक्ष कांग्रेस उपाध्यक्ष माओवादी केन्द्र, घ्याङलेख गाउँपालिकामा अध्यक्ष कांग्रेस उपाध्यक्ष माओवादी केन्द्र, तीनपाटन गाउँपालिकामा अध्यक्ष कांग्रेस उपाध्यक्ष माओवादी केन्द्र, फिक्कल गाउँपालिकामा अध्यक्ष कांग्रेस उपाध्यक्ष माओवादी केन्द्रले पाएका छन् ।
यता, मरिण गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेस, सुनकोसी गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेस र हरिहरपुरगढी गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसले पाएका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया