सुुरु भयो अन्तर शहर बुद्धिचाल प्रतियोगिता

हेटौंडा : हेटौंडामा बुधबारदेखि अन्तर शहर बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको चाल चालेर प्रतियोगिताको सुरुवात गरेका थिए ।
चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा अनुशासन कायम राखेर खेल खेल्न खेलाडीहरूलाई बागमती प्रदेशको मुख्यमन्त्री पौडेलले आग्रह गरे । उनले खेल क्षेत्रले नेपालको पहिचान बोकेको भन्दै खेललाई सबैले माया गर्नुपर्ने बताए । आउँदो बैशाख महिनामै बागमती प्रदेश सरकारले पनि प्रदेशस्तरीय खेलहरु सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए ।
यस्तै बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर मात्र खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गरे । प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको बिजेता हुने टिमले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तृतीय हुनेले ५० हजार, चौथौ र पाँचौ हुनेले क्रमश ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया