एकीकृत समाजवादीका यी हुन् महानगर र उपमहानगरका उम्मेद्वार

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वार टुंग्याएको छ ।
पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।
एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ ।
इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।
आज मनोनयन दर्ताको अन्तिम दिन हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया