दोस्रो ‘छड्के’लाई चाहियो कलाकार

काठमाडौँ - अघिल्लो दसैँमा नै प्रदर्शन मिति घोषणा गरेको ‘छड्के’ सिक्वेलले बल्ल सुटिङको सुरसार थालेको छ । मार्सल आटर््सको सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।
धेरै वर्षपहिले सार्वजनिक भएको ‘छड्के’ लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो । रिलिजअघि प्रशस्त हाइप पाएको फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो । त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’को च्याप्टर टु बनाउन लागेका हुन् ।
फिल्ममा केही स्थापित कलाकार पनि अटाउने निगमको प्रयास रहेको सूत्रले बताएको छ । यसका लागि राजेश हमालदेखि सुनिल थापासम्म पनि कुरा भइरहेको स्रोतको दाबी छ । तर कसैलाई पनि औपचारिक रुपमा भने अनुबन्ध गरिसकेको छैन ।
निर्माण टिमले अडिसन चितवनको निर्वाणा फिल्म स्कुलमा हुने जनाएको छ । यो स्कुल पनि निगमले चलाउँदै आएका छन् । ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया