कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

झापा - नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ ।
जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।
पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताउनुभयो । सबै पालिका उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ । माओवादीले हालसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको सचिव हुमागाइंको भनाइ छ । रासस

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया