एलन मस्कले किने ४४ अर्ब डलरमा ट्वीटर

न्युयोर्क- अन्ततः सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।
मस्कले केही साताअघि ट्वीटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन् । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ । विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् । एजेन्सी

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया