‘पठान’का लागि शाहरुखलाई कीर्तिमानी पारिश्रमिक

मुम्बई : ‘जिरो’ फ्लप भएपछि धेरैले शाहरुख खानका दिन सकिएको अनुमान गरेका थिए । कट्रिना कैफ र अनुष्का शर्मा हुँदा समेत फिल्मले दर्शक बोलाउन नसकेपछि शाहरुखको स्टारडम कमजोर भएको टिप्पणी हुने गरेको थियो ।
नभन्दै त्यसयता शाहरुखले कुनै पनि फिल्म गरेनन् । दुई वर्षपछि उनले पर्दामा फर्कनका लागे छानेका थिए ‘पठान’ । यशराज फिल्मले बनाउन लागेको यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोन पनि मुख्य भूमिकामा छन् । तर, यो फिल्मका लागि उनले कीर्तिमानी रकम लिएको रहस्य खुलेको छ ।
बलिउड लाइफले लेखेको समाचारअनुसार यो फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका हुन् । जबकि उनका समकक्षी अभिनेताले ३०÷४० करोड वापतको लिने गरेका छन् ।
पछिल्लो समयमा बलिउडमा सलमान खान, शाहरुख खान, अक्षयकुमार,आमिरले खानले आफ्नो अभिनयवापतको पारिश्रमिक सेयरको रुपमा लगानी गर्ने गरेका छन् । फिल्मले कमाउँदा उनीहरूको भागमा पनि सोहीअनुसारको रकम हात पर्छ ।
तर, शुद्ध पारिश्रमिक लिएर काम गर्ने फिल्ममा भने उनीहरूले ३०÷४० लिने गरेको समाचार आउने गरेका थिए । तर, बाहिर आएको समाचार सत्य हो भने ‘पठान’मा उनले लिएको रकम कीर्तिमानी हो । यशराजले भने आफूले बनाउने फिल्ममा कलाकारलाई पूरा पारिश्रमिक दिएर खेलाउने गरेको छ ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया