रुखका ११ रमाइला तथ्य

काठमाडौँ : रुख छन् र त मान्छे छन् । रुख नभएको भए, सायद मान्छेकाे अस्तित्व पनि हुने थिएन । किनकि मान्छेले फेर्ने स्वासकाे सम्बन्ध रुखसँग जाेडिएको छ । रुखले अक्सिजन दिन्छ र त मान्छे बाँच्छ। रुखले भने बाँच्नको लागि वातावरणबाट कार्बाेनडाइअक्साइड लिन्छ । तर के तपाईंलाई थाहा छ, रुख पनि एकआपसमा कुरा गर्छन् । र संकटको समयमा संकेतहरू पठाउँछन् ।
यहाँ रुखसम्बन्धी ११ राेचक पक्षहरूकाे चर्चा गरिएको छ :
६० हजार फरक प्रजाति
एल युनिभरसिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार पृथ्वीमा झन्डै ३० खर्ब रुखहरू रहेका छन् । र ६० हजार प्रजातिका रुखहरू छन् । र आधा भन्दा बढी प्रजातिका रुखहरू एउटै देशमा पनि पाइन्छ । ब्राजिल, कोलम्बिया र इन्डोनेसियामा मात्रै थुप्रै प्रजातिका रुखहरू पाइन्छन् । तर, मानव सभ्यता सुरु भएताका भएको भन्दा अहिले ४६ प्रतिशतले कम रुख छन् ।
जलवायु परिवर्तनबाट बच्नको लागि रुखहरू बसाइँ सर्छन्
रुखहरू आफै उखेलिन र सर्न सक्दैनन्, तर जलवायु परिवर्तनसँगै उनीहरूको समूहले आफ्नो केन्द्र बदल्न सक्छन् । सन् १९८० देखि २०१५ भित्र पूर्वी अमेरिकाको ८६ प्रजातिका ७३ प्रतिशत रुखहरू पश्चिमतिर सरेको एक अध्ययनले देखााएको छ, जहाँ वर्षा बढि हुन्छ । अरु प्रजातिका रुखहरू गर्मी छल्नको लागि पोल्सतिर सरे । औसतमा तिनीहरू एक दशकभित्र १६ किलोमिटर (१० माइल्स) बसाइँ सरे ।
सहरहरूलाई शीतल राख्छ
रूखहरूले हामीलाई केबल छाया मात्रै दिँदैन, यसले चरम तापक्रमलाई कम पनि गर्छ । यसले सूर्यको विकिरणलाई सोसेर, आफ्ना पातहरूबाट पानीका कणहरू हावामा छोड्छ ।
गर्मी मौसममा समयमा सहरहरू झनै तात्छन् । २००९ मा अमेरिकामा भएको एक अध्ययनले गर्मी समयमा रुखहरूले तापक्रम कम गर्ने देखाएको छ ।
प्रदुषण सोस्छ
रुखले वातावरणबाट कार्बाेनडाइअक्साइ लिन्छ, यो सर्वमान्य तथ्य हो । त्यसैले जलवायु परिवर्तनको लडाइँमा रुखले महत्वपूर्ण भूमिका खेल्न सक्छ । रुखले पातहरूलाई हावामा भएका नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता विषालु ग्यासँहरू फिल्टर गर्न पनि प्रयोग गर्छन् ।
बेलायतमा भएको एक अध्ययनका अनुसार ‘सिल्भर बिर्च’, ‘यू’ प्रजातिका रुख र पुराना रुखहरूले क्रमशः ७९ प्रतिशत, ७१ प्रतिशत र ७० प्रतिशत प्रदुषण कम गर्न सक्छ ।
उपचारात्मक शक्ति
रुखहरूले हाम्रो तनावको मात्रालाई कम गर्न सक्छ । र हामीलाई स्वस्थ र खुसी महशुस गराउन सक्छ । प्रकृतिमा समय बिताउँदा वा झ्यालबाट रुख वा फूलहरूलाई हेर्दा मात्रै पनि केही हदसम्म रक्तचाप कम गर्न मद्दत गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनु, निन्द्रामा सुधार गर्नु, उदासिनता र चिन्ता कम गर्नुका साथै कोही व्यक्तिको शल्यक्रिया भएको छ भने पनि चाँडै निको गर्न मद्दत गर्छ ।
रुखहरू एक-अर्कासँग ‘कुरा’ गर्छन्
जंगलको आफ्नै सञ्चार गर्ने पद्दती हुन्छ । लगभग भूमिगत इन्टरनेट जस्तै । जसलाई एक रुखले अर्काे रुखलाई पोषणबारे वा रोगबारे चेतावनी पठाउन प्रयोग गर्छन् । रुखहरूले माटोमा हुने ढुसीहरूका माध्यमबाट सुचना आदानप्रदान गर्छन् ।
त्यसैले ढुसीलाई माइकोराइजल नेटवर्क पनि भनिन्छ । इकोलोजिस्ट सुजान सिमार्डले गरेको अध्ययन अनुसार ‘पेपर बीर्च’ र ‘फर’ प्रजातिका रुखहरूले यस प्रणालीलाई पानी, कार्बन र पौष्टिक तत्वहरू पठाउन प्रयोग गर्छन् ।
खतराको संकेत पठाउन सक्छ
कुनै भोका शाकाहारीले खान आँटे भने रुखहरू आफुलाई जोगाउन भाग्न सक्दैनन् । तर उनीहरूले रसायन पदार्थ भने छोड्न सक्छन् । नजिकै रहेका उही प्रजातिका रुखहरूलाई खतराबारे जानकारी दिन हावाको माध्यमबाट संकेत पठाउन सक्छन् ।
केही अध्ययनका अनुसार खतराको संकेत पाउने वित्तिकै रुखहरूले ‘एन्टि हर्बिभोर टक्सिन’ (विषाक्त पदार्थ)को उत्पादन बढाएर प्रतिक्रिया दिन्छ । जसको कारण रुखका पातहरू तितो हुन्छन् ।
चनाखाे रुख
रुखलाई विभिन्न प्रकारका किराले आक्रमण गर्ने हुन्छ । परजीवी किराहरूले आक्रमण गर्दा स्याउका रुख, गोलभेडा, काँक्रोका बोटले हावामा संकेत छोड्छन् । जसका कारण यस्ता परजीवीलाई आक्रमण गर्न सिकारी किराहरू आउने हुन्छ ।
युरोपमा भएको एक अध्ययनका अनुसार झुसिलकिराबाट पीडित रूखहरूले रासायनिक संकेतहरू छोड्छन् । र झुसिलकिरा खाने ‘ग्रेट टिट’ चराहरूलाई निम्ता दिन्छन् ।
लामो आयु भएको मेथियुजला
एक मानिस बढिमा सय, डेढ सय वर्ष बाँच्न सक्छन् । तर एउटा रुख हजारौँ वर्ष बाँच्न सक्छ । ओल्ड लिस्टका अनुसार दर्ता भएको पुरानो रुखहरूमा क्यालिफोर्नियाको ह्वाइट माउन्टेनमा रहेको ब्रिसलकोन पाइन रुख सबैभन्दा पुरानो जीवीत रुख मानिन्छ । जसलाई मेथियुजला पनि भनिन्छ । यो करिब ४ हजार ८ सय ५० वर्ष पुरानो छ । यसलाई चोरहरूबाट जोगाउनको लागि, यो कहाँ छ भन्ने तथ्य गोप्य राखिएको छ ।
हाइपेरियन, द जायन्ट
लण्डनको ‘विगबेन’ घडी घर र अमेरिकाको स्टेच्यु अफ लिबर्टी जति अग्लो छ, त्यो भन्दा पनि अग्लो छ ‘कोस्ट रेडवुड’ रुख अग्लो हुन्छ । जसलाई हाइपेरियन पनि भनिन्छ । यो रुख ११५.८५ मिटर(३८० फिट) अग्लो हुन्छ । सन् २००६ मा क्यालिफोर्नियामा यो रुख फेला परेको थियो ।
रेकर्ड ब्रेकर रुखहरू
क्यालिफोर्निया ‘जायन्ट सेकोया’ वा ‘जेनेरल शेर्मन’को घर पनि हो । यो रुखको आयतनका हिसाबले यसलाई सबैभन्दा ठूलो जीवित रुख मानिन्छ । यसको उचाई ८३.८ मिटर रहेको छ भने यसको डायमिटर ७.७ मिटर छ ।
त्यस्तै विश्वको फराकिलो रुख ‘अर्बाेल डेल ट्युल’ हो । यसको डायमिटर ११.६ मिटर रहेको छ भने यसको परिधि ४२ मिटर छ ।
डि डब्लु डटकमबाट भावानुवाद

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया