कार र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

भरतपुर : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा बुधबार अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४:२५ बजे भरतपुर महानगरपालिका-२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका-४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । थापाले दुवैको घटनास्थलमै मृत्यु भएको बताए ।
दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका-७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका-३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका-६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया