अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

लहान : आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका-७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका-१ स्थित आँपको बगैँचामा फेला परेको थियो । शिवकुमारको हत्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
'विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ', प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, 'हत्यामा संलग्न दुवैलाई बुधबार पक्राउ गरिएको छ ।' विष्णुले सालो इन्द्रदेवसँग मिलेर शिवकुमारको अपहरण गरी उहाँको परिवारसँग रु ५० लाख फिरौती मागेको र फिरौतीबापतको रकम नदिएपछि गत चैत ८ गते राति हत्या गरी शव कङ्क्रिटले छोपेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट विष्णुले आफ्नै काकाको छोरा शिवकुमारको फिरौती र अवैध सम्बन्धका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
विष्णु यसअघि दुई वर्ष जेल बसेका थिए । त्यस क्रममा विष्णुकी पत्नीसँग शिवकुमारको अवैध सम्बन्ध भएको रिसिइबी र शिवकुमारका दाजु दुई साताअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएकाले माग जति फिरौती पाउने लोभमा अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए । रासस

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_8gYMnm1U8X_w0agvrdlqxhpyuwl8mqf5hrxopewmrlwcrmyth7zzwekpmbkdct2y6riji9f.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_gDyvn9W7LB_xzm1abugyvx3uq1fl3lda0gdkjnodfmujmau2pxaczo7f0sg0tkto7mdhqfq.jpg)
प्रतिक्रिया