चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं – चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । हो।
होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले दैलेखबाट विक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोवारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् । पक्राउ परेका तीनै जना भरिया रहेको उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया