विराटनगरमा चार उम्मेदवारविरुद्ध उजुरी

विराटनगर - मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
यसरी उजुरी पर्ने उम्मेदवारमा नेकपा (एमाले)का महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की, वडा नं ८ नेकांबाट दलित महिला सदस्य ससिता सहनी, वडा नं १३ एमाले महिला सदस्य गौरीदेव र वडा नं ८ जनमत पार्टीबाट महिला सदस्य गीता मुखिया रहेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उजुरी परेकामध्ये तीन जनाले सफाइसम्बन्धी कागजात पेश गरेका छन् भने उपप्रमुख उम्मेदवार कार्कीले आज साँझ ४ बजेसम्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । कार्यालयले आज र बिहीबार मनोनयन पत्र जाँच र उजुरी जाँचबुझ गरी निर्णय गर्ने छ ।
यसैगरी कार्यालयले आज उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ भने बिहीबार ५ बजे स्वीकृत नामावली प्रकाशन गर्ने सूचना अधिकारी बुढाथोकीले बताए ।
वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र साँझ ५ बजेदेखि ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । रासस

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया