'पाँच भाइ' को कुरामा ओली असहमत, दिए दुई दिने अल्टिमेटम

काठमाडौं : सत्तारुढ दल नेकपाको दुई समूहबीच भनाभन भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग औपचारिक बैठकको विषयमा कुरा राख्न गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित पाँच जना सचिवालय सदस्यबीच भनाभन भएको हो । अनौपचारिक बैठकको निर्णय सुनाउँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल सचिवालय बैठक राख्न दुई दिनको म्याद दिइएको छ ।
प्रधानमन्त्री ओलीले भने आफूविरुध्द घेराबन्दी गर्ने आफू अनुकुल बैठक बस्ने अनि मैले किन बैठक डाक्ने भन्दै जंगिएका थिए । बिहान ११ बजेदेखि बसेको बैठक करिव दुई घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा पार्टीभित्र देखिएको विवादका विषयलाई समाधान गर्दै लैजानुपर्नेमा प्रधानमन्त्रीले थप विवादित पारेको आरोप उनीहरुको थियो ।
शुक्रबार अध्यक्ष दाहालले राखेको बैठक अनौपचारिक रहेको र त्यसको निर्णय सुनाउँदै गर्दा प्रधानमन्त्री ओलीले यो विषय सुन्न आवश्यक नभएको भन्दै गुटबन्दी गर्न बन्द गर्नु भनेको एक सहभागीले बताए । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उक्त बैठकमा सहभागी थिए ।
‘गुटबन्दी गर्दै हिँड्ने अनि मैले केका लागि बैठक बोलाउने’ ओलीको जवाफ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले बैठक बोलाउन आवश्यक छैन् । यहाँहरु बैठक बसिरहनु भएको छ ।’ कहिले पेरिसडाडाँ त कहिले धुम्बाराहीमा जम्मा भएर बालुवाटारविरुद्ध ओलीको भनाई उद्धृत गर्दै ति नेताले भने, ‘यहाँहरुले मिलेर मलाई हटाउन वा असजिलो पार्ने गरि लिखित पत्र नै त ल्याउनु भएको छ । किन पढेर सुनाउन पर्यो ।’
त्यहाँ जानुअघि पनि उक्त पाँच सदस्यले धुम्बाराहीमा बिहान दुई घण्टा छलफल गरेका थिए । उनीहरुले शुक्रबार प्रधानमन्त्री आफ्नो तरिकाले अघि बढे भन्दै रोक्नको लागि नेकपा सचिवालय बैठकको आग्रह गरेका थिए । पटक पटक आग्रहलाई प्रधानमन्त्री ओलीले टारेपछि टोलीले छुट्टै बैठक राखेर ओलीकोमा गएका थिए ।
उक्त टोलीमा गृहमन्त्री रहेका रामबहादुर थापा आउने भने पनि नआएपछि केही हच्किएका बहुमत सचिवालय सदस्यहरुले ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन । सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच चर्काचर्की परेको थाहा पाएपछि अन्य सदस्यहरु कुरा मिलाउन लागि परेका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि दुई पक्षबीच भनाभन भएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार हामीले सचिवालय बैठकको लागि आग्रह गरेका छन् । 'हामी हिजोदेखि छलफल र पूर्ण तयारीका साथ प्रधानमन्त्रीलाई र दललाई सहयोग हुने गरि सुझाव सहित गएका थियौं । नागरिकको स्वास्थ्य संकट, आर्थिक संकटलाई सम्वोधन गर्न, स्थायी समितिले गरेको निर्णयको कार्यावन्यन प्रक्रिया अघि नबढेको विषय, पार्टि एकताको रक्षा गर्दै पार्टिका निर्णयहरुको प्रक्रिया अघि बढाउन सहि समयमा समग्र छलफल गर्न आवश्यक छ,’ श्रेष्ठले भने,‘कार्यकारी अध्यक्षले बारम्बार बैठक आग्रह गर्दा पनि त्यो हुन नसकेपछि छुट्टै छलफल गरेर हामी यो अवस्थामा पुगेका हौं ।’
'तत्काल बैठकको लागि छलफल गरेर प्रधानमनत्रीलाई आग्रह गरेका हौं,' उनले भने । ‘हामीले लिखित रुपमा प्रस्ताव नै तयार गरेर प्रधानमन्त्रीलाई बुझाएका छौं । आजै निस्कर्ष नै दिनु भनेका छौं । भोली वा पर्सिसम्म सबै विषयमा छलफल गर्न आग्रह गरेका छौं ।’ उनले भने, ‘दललाई एकतावध्द बनाउने, पध्दतिको आधारमा अघि बढ्ने दिशातिर जाने गरि निष्कर्ष निकाल्नेतर्फ जानेतर्फ हामी छौं ।’
होइन भने यहाँहरुले के गर्ने भन्ने जिज्ञासामा उनले भने, ‘त्यसबारेमा सोचेका छैनौं । हामीसँगै बसेर छलफल गरेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने भन्ने नै हो ।’

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

ओली र मोदीबीच बैंककमा 'साइडलाइन' भेटवार्ता हुने

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

प्रतिक्रिया