नेपालगञ्जमा लकडाउनपछि चम्किएको ‘कलपत्रु’
एक अर्ब लगानीमा खुल्यो, भारतीय पर्यटक तान्ने मुख्य ध्येय !

काठमाडौँ : भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्जमा सञ्चालनमा आएको कलपत्रु होटल लकडाउनपछि चम्किन थालेको छ । नेपाल घुम्न आउने पर्यटकलाई भारतीय पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको कलपत्रुमा नेपाली पर्यटकको आकर्षण पनि उत्तिकै छ ।
व्यवस्थित कोठा, सजि सजावट र पर्यटकका लागि राम्रो सेवा सुविधा भएको होटलमा आन्तरिक पर्यटक बढ्दै गएका होटलका महानिर्देशक अनिल झाले बताए । उनका अनुसार कलपत्रु भारतीय लड्स होटलको फ्रेन्चाइज हो ।
खासगरी मानसरोवर जाने पर्यटकलाई नेपालगञ्जमा बस्ने विशेष होटलका रुपमा परिचित गराउँदै कलपत्रुमा आन्तरिक पर्यटकको संख्या बढेको महानिर्देशक झाको भनाई छ ।
‘भारतीय पर्यटक नेपाल आउँछन् । तर उनीहरु राम्रोसँग बस्न नपाएको गुनासो गरिरहन्छन्’ झा भन्छन्, ‘यसपटक हामीले नेपाल आउने पर्यटकलाई निराश नबनाउने गरी होटल सञ्चालन गरेका हौँ ।’
नेपालमा पर्यटनको सम्भावना धेरै भएको र पर्यटकहरुले सेवा सुविधासहितको होटल खोजेका बेला पनि नेपालगञ्जमा होटल सञ्चालन गरेको उनको भनाई छ । कोभिड १९ को महामारीले होटल व्यवसाय ठप्प भएका बेला माघको अन्तिमतिर ‘टुर दी ठाकुरद्वारा’ अभियानले बाँके र बर्दियाको पर्यटन क्षेत्र उकासेको थियो ।
पर्यटन व्यवसाय र सरोकारवालालाई बाँके र बर्दियाका पर्यटकीय क्षेत्र घुमाउने सो अभियानका कारण अहिले नेपालगञ्ज र ठाकुरद्धाराका होटलमा पर्यटक भरिन थालेका छन् ।
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_zzVXTG3f46_ovtcs9fyg1h00kuymoihpqjuvqdf93z5teskqgisisumedyljeysawku5jb9.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया