राप्रपा हेटौँडाका उम्मेदवारको मन्दिरमा सपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।
हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।
मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए । उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया