आँचलको ‘वर एन्ड वधु’मा साम्राज्ञीको केमियो

काठमाडौँ - आँचल शर्माको मुख्य भूमिका रहने ‘वर एन्ड वधु’मा साम्राज्ञीराज्य लक्ष्मी शाहले केमियो गर्ने भएकी छिन् । निर्माण टिमले उनलाई अतिथि भूमिकाका लागि अनुबन्ध गरेको हो । कमेडी र रोमान्सको मिश्रणमा तयार हुन लागेको यो चलचित्रलाई स्थानीय निकायको निर्वाचनपछि मात्र छायांकनमा लैजाने तयारी गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
मिलन चाम्सको निर्देशन रहने फिल्मका लागि निर्माण टिमले विवेक कर्माचार्यलाई डेब्यु गराउँदैछ । माला आर्ट एकेडेमीका विद्यार्थी उनले यही फिल्मबाट फिचर फिल्मको यात्रा थाल्न लागेका हुन् ।
साम्राज्ञीले यसअघि पुष्प खड्का र शिल्पा पोखरेल अभीनित ‘मंगलम्’मा केमियो गरेकी थिइन् । प्रचार प्रसारका क्रममा निर्माण टिमले आफूलाई मुख्य कलाकारझैँ गरी प्रचार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
साम्राज्ञीले यसअघि मिलन चाम्सकै अनटाइटल फिल्म साइन गरेको चर्चा थियो । तर त्यो फिल्म नबनाउँदै मिलन चाम्सले थप तीन चार वटा फिल्मको घोषणा गरेका छन् । साम्राज्ञीले ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ गरी दुई फिल्मको सुटिङ सकाएकी छिन् । त्यसैगरि लन्डनमा सुटिङ हुने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्ध भएकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया