तिलोत्तमामा फोहोर व्यवस्थापन शुल्क हटाउने घोषणा

बुटवल - अहिले कायम रहेको प्रतिघर फोहोर व्यवस्थापन शुल्क हटाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको नगरपालिकामा दुई दलले बिहीबार संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा उद्योग व्यवसाय प्रवर्द्धनका लागि जीर्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्याैता रकमको ५० प्रतिशत शुल्क मिनाहा गरिदिने उल्लेख छ ।
यस्तै तालिमप्राप्त वा १२ कक्षा उत्तीर्ण युवाहरूलाई बिनाधितो ४ प्रतिशत व्याजमा ऋण दिएर व्यवसायमा लगाउने गठबन्धनको उद्घोष छ । नगरभित्र रहेका सबै प्रकारका हिंसा अन्त्य गर्न सबै वडाहरुमा हेल्पडेक्स राख्ने समेत दलको प्रतिबद्धता छ ।
प्रशासन विज्ञहरुद्वारा नगर र वडा कार्यालय संचालन तथा व्यवस्थापन कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तह निर्वाचनमा यहाँ प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण र उपप्रमुखमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उमेदवारी दिएका छन् ।

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_wm3svuylSr_gqzqwuffxecxbkfbgmjjf0yk2fbveaecnhszlpj52zi1hseoipmr1hlxolfo.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

प्रतिक्रिया