यशको फ्यान उज्वल कुल्कर्नी जो बने उनकै फिल्ममा कान्छा सम्पादक

मुम्बई - उज्वल कुल्कर्नी पछिल्लो समय फिल्म ‘के.जी.एफ च्याप्टर-२’ सम्पादन गरेका कारण चर्चामा रहेका छन् । तर, फिल्मको सम्पादन गरेका कारण मात्र उनी चर्चामा छैनन्, उनी सम्पादकका रुपमा फिल्ममा आवद्ध हुनुको यात्रा पनि चर्चामा छ ।
२० वर्षिय कुल्कर्नी, सर्ट फिल्म तथा फ्यान इडिट भिडियोहरु सम्पादन गर्ने गर्थे । कलाकार बन्न चाहेका आफ्ना दाजुको फोटो तथा भिडियोहरु सम्पादन गर्ने क्रममा उनलाइ बिस्तारै उनलाई सम्पादनको काममा रस बस्दै गयो ।
के.जी.एफ’का निर्देशक प्रशान्थ निलले उनको कामबाट प्रभावित भएर उनलाइ के.जी.एफ च्याप्टर-१ को टिजर बनाउन लगाए । सो टिजर पश्चात निर्देशक प्रशान्तले उनलाइ फिल्मको च्याप्टर-२ को सम्पादन पुर्णरुपमा उनको हातमा सुम्पिदिए ।
उनी आफ्ना साथीहरुको सल्लाह बमोजीम बेङ्गलुरु आए र सुपरहिट कन्नड चलचित्र ‘मुफ्ति’मा सम्पादक हरिश कोमेसँग सहायक-सम्पादक भएर काम गरे। त्यही समयमा उनले पहिलो चलचित्र ‘केजीएफ’का क्लिपहरु सम्पादन गर्न थाले ।
फ्यान मेड ‘केजीएफ’का ती दृश्य कसो कसो प्रशान्त निलले हेर्न पुगे र उनको सम्पादन क्षमता देखेर प्रभावित भए । उनले सम्पादन गरेका सोही भिडियोहरु देखेर निर्देशक निलले उनीसँग सम्पर्क गरे र अन्तर्वार्ताका लागि बोलाए ।
फिल्मको टेक्निकल टिममा सबैभन्दा कान्छा उज्वल, रकिङ्स्टार यश र निर्देशक प्रशान्थ निलसँग काम गर्न पाउदा आफ्नो सपना साकार भएको र उहाँहरुबाट ‘आफ्नो काम कसरी योजनाबद्ध धैर्यताका साथ गर्ने’भन्ने कुराहरु सिकेको बताउँछन्।
यस लगत्तै उनी निर्देशक प्रशान्थ निलको प्रभास स्टारर चलचित्र ‘सलार’मा सम्पादकका रुपमा पनि काम गरिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया